सुत्केरी मृत्यु प्रकरणः छानविन बनाउने सहमति पछि उठ्यो शव

रूपन्देही । बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा ३ दिनअघिदेखि उत्पन्न तनाव घटनाबारे निश्पक्ष छानवीन गर्ने सहमति भएपछि साम्य भएको छ । चिकित्सकको लापरबाहीका कारण गर्भवतीको मृत्यु भएको भन्दै आफन्त विरोधमा उत्रिदा अस्पताल तनावग्रस्त बनेको थियो ।

प्रसुति हुन अस्पतालमा भर्ना भएकी बुटवल बस्ने पाल्पाकी ३१ वर्षिया भगवती अधिकारीको आइतबार मृत्यु भएको थियो । आफन्तले दोषिलाई कारबाही नगर्दासम्म शव नउठाउने चेतावनी दिदै विरोधमा उत्रीएपछि अस्पतालले आज ५ सदस्यीय छानबीन समिति गठन गरेको छ । अस्पतालमा राखीएको गर्भवतीको शव समेत उठाइएको छ ।

डाक्टर राजेन्द्रप्रसाद खनाल संयोजक रहेको छानवीन समितिमा प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर राजेन्द्र बश्याल, माधव घिमिरे, अञ्जना ताम्राकार र जनेश पन्थी सदस्य छन् । छानबीन समितिले १५ दिनभित्र घटनाको सत्यतथ्य अस्पताल विकास समितिलाई बुझाउने छ । समिति गठनपछि गर्भवतीको शव समेत अन्तेष्ठीका लागि आफन्तले लगेका छन् ।

Loading...