प्रदेश ६ मा बाम गठबन्धनको क्लिन स्वीप

सुर्खेत । प्रदेश ६ अन्तर्गत राष्ट्रियसभाका सबै ८ सिटमा बाम गठबन्धन विजयी भएको छ । बुधबार राति अबेर सम्पन्न मत गणना परिणाम अनुसार यो प्रदेशका सिटमा गठबन्धनका उम्मेदवारहरुले विजय हासिल गरेका छन्।

विजय हासिल गर्ने उम्मेदवारहरुमा एमालेका नरपति सुनार (दलित), कविता बोगटी (महिला), भैरबसुन्दर श्रेष्ठ र ठगेन्द्रप्रकाश पुरी (खुला) र नन्द चपाईं छन्।

यसैगरी माओवादी केन्द्रका कालीबहादुर मल्ल (खुला), जीवन बुढा (अल्पसंख्यक–अपाङ्ग) र युटुल लामा (अल्पसंख्यक) छन्।

Loading...