राष्ट्रियसभामा बाम गठबन्धनको स्पष्ट बहुमत कहाँ कसले जिते ?

काठमाडौं । बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा बाम गठबन्धनले स्पष्ट बहुमत हासिल गरेको छ । गठबन्धनले राष्ट्रियसभाका निर्वाचित हने ५६ सिट मध्ये ३६ सिटमा जित हासिल गरेको छ । काँग्रेसले १३ सिट प्राप्त गरेको छ । त्यस्तै मधेसी दलहरू राजपा र फोरमले २/२ सिट हात पारेका छन् ।

प्रदेश नं १ को दुई सदस्यका लागि आज भएको निर्वाचनमा दुवैमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । विराटनगरस्थित वीरेन्द्रसभा गृहमा अपराह्न सम्पन्न मतगणनामा दलित समूहबाट एमालेका खेमराज नेपालीले छ हजार २७० मत प्राप्त गरी विजयी भए ।

यस्तै अल्पसंख्यक समूहबाट एमालेकै अगमप्रसाद बान्तवा विजयी भए । यसअघि, महिलाको तीन पद र खुलाको तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । कूल आठ स्थानमा एमालेका पाँच, काँग्रेसका दुई र नेकपा (माओवादी केन्द्र) को एकजना निर्वाचित भएका छन् ।

यता प्रदेश नं २ बाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएका सदस्यहरुलाई आज प्रमाणपत्र वितरण गरिएको छ । प्रदेश नं २ बाट राष्ट्रियसभा सदस्यमा महिलातर्फ संघीय समाजवादी फोरम नेपालका प्रमिला कुमारी, नेपाली काँगे्रसका मुक्ताकुमारी यादव र नेकपा (माओवादी केन्द्र)का शशिकला दाहाल, अल्पसंख्यकमा राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लाल र दलितमा संघीय समाजवादी फोरम नेपालका रामपृत पासवान निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, खुलातर्फ काँग्रेसका जीतेन्द्रनारायण देव, राष्ट्रिय जनता पार्टी नेपालका रमेशप्रसाद यादव र नेकपा एमालेका सुमनराज प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी प्रदेश नं ३ मा छ जना वाम गठबन्धनका र दुई जना नेपाली काँग्रेसका सदस्य रहेको प्रदेश नं ३ का निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जानकारी दिए ।

प्रदेश नं ४ को अन्तिम मत परिणाम अनुसार कुल आठजना मध्ये पाँच स्थानमा बाम गठबन्धन र तीनमा काँग्रेस विजयी भएका छन् । प्रदेश नं ५ मा मुख्य निर्वाचन अधिकृत हेमन्तकुमार रावलका अनुसार राष्ट्रियसभाका प्रदेशबाट निर्वाचित हुने ८ सदस्य मध्ये ६ सिट गठबन्धन र २ सिटमा काँग्रेस विजयी भएका छन् ।

यता प्रदेश नम्बर ६ मा भने राष्ट्रियसभामा बाम गठबन्धनले क्लिन स्विप गरेको छ । यहाँ गठबन्धनका ८ जना उम्मेदवार नै विजयी भएका छन् ।

प्रदेश ७ मा गठबन्धनले ६ र काँग्रेसले २ स्थानमा विजयी हात पारेका छन् ।

राष्ट्रियसभा सदस्यमा निर्वाचित/निर्विरोध भएकाहरुको नामावली

प्रदेश १
अन्य समूहतर्फ
परशुराम मेघी गुरुङ (निर्विरोध), एमाले
हरिचरण शिवाकोटी (निर्विरोध), एमाले
रमेशजङ्ग रायमाझी (निर्विरोध), कांग्रेस

महिलातर्फ
नैनकला ओझा (निर्विरोध), एमाले
विना पोखरेल (निर्विरोध), माओवादी केन्द्र
सरिता प्रसाईं रायमाझी (निर्विरोध), कांग्रेस

दलिततर्फ
खेमराज नेपाली (निर्वाचित), एमाले

अपाङ्ग/अल्पसंख्यकतर्फ
अगमप्रसाद बान्तवा राई (निर्वाचित), एमाले

प्रदेश २
अन्य समूहतर्फ
जीतेन्द्र देव (निर्विरोध), कांग्रेस
रमेशप्रसाद यादव (निर्विरोध), राजपा
सुमनराज प्याकुरेल (निर्विरोध), एमाले

महिलातर्फ
शशीकला दाहाल (निर्विरोध), माओवादी केन्द्र
मुक्ताकुमारी यादव (निर्विरोध), कांग्रेस
प्रमिला कुमारी (निर्विरोध), फोरम नेपाल

अल्पसंख्यक वा अपाङ्गतर्फ
वृषेशचन्द्र लाल (निर्विरोध), राजपा

दलिततर्फ
रामप्रित पासमान (निर्विरोध), फोरम नेपाल

प्रदेश ३
अन्य समूहमा
बलराम प्रसाद बास्कोटा (निर्वाचित), एमाले
राधेश्याम अधिकारी (निर्वाचित), कांग्रेस
रामबहादुर थापा (निर्वाचित), माओवादी केन्द्र

महिलातर्फ
उदया शर्मा पौडेल (निर्वाचित), एमाले
दिलकुमारी रावल थापा (निर्वाचित), एमाले
धनकुमारी खतिवडा (निर्वाचित), कांग्रेस

दलिततर्फ
सिंहबहादुर विश्वकर्मा (निर्वाचित), एमाले

अल्पसंख्यक वा अपाङ्गतातर्फ
रामचन्द्र राई (निर्वाचित), एमाले

प्रदेश ४
अन्य समूहतर्फ
गणेशप्रसाद तिमिल्सिना (निर्वाचित), एमाले
दीनानाथ शर्मा (निर्वाचित), माओवादी केन्द्र
सुरेन्द्रराज पाण्डे (निर्वाचित), कांग्रेस

महिलातर्फ
शान्तिकुमारी जिसी (निर्वाचित), एमाले
दीपा गुरूङ (निर्वाचित), एमाले
विन्दादेवी आले (निर्वाचित), कांग्रेस

दलिततर्फ
खिमकुमार विक (निर्वाचित),एमाले

अल्पसंख्यक वा अपाङ्गतातर्फ
प्रकाश पन्थ (निर्विरोध), कांग्रेस

प्रदेश ५
अन्य समूहतर्फ
खिमलाल भट्टराई (निर्वाचित), एमाले
चन्द्रबहादुर खड्का (निर्वाचित),मा‌ओवादी केन्द्र
दुर्गाप्रसाद उपाध्याय (निर्वाचित), कांग्रेस

महिलातर्फ
अनिता देवकोटा (निर्विरोध), कांग्रेस
कोमल वली (निर्विरोध), एमाले
मिना बुढा (निर्विरोध), एमाले

दलिततर्फ
रामलखन चमार (निर्वाचित), एमाले

अल्पसंख्यक वा अपाङ्गतातर्फ
राजकुमार कुँवर (निर्वाचित), माओवादी केन्द्र

प्रदेश ६
अन्य समूह
भैरवसुन्दर श्रेष्ठ
ठगेन्द्रप्रसाद पुरी
कालिबहादुर मल्ल

महिलातर्फ
कविता बोगटी (निर्वाचित), एमाले
नन्दा शर्मा (निर्वाचित), एमाले
युटुल लामा (निर्वाचित), माओवादी केन्द्र

दलिततर्फ
नरपति लोहार (निर्वाचित), एमाले

अल्पसंख्यक वा अपाङ्गतातर्फ
जीवन बुढा(निर्वाचित), माओवादी

केन्द्रप्रदेश ७
अन्य समूहतर्फ
शेरबहादुर कुँवर (निर्विरोध), एमाले
हरिराज चौधरी (निर्विरोध), माओवादी केन्द्र
बद्री पाण्डे (निर्विरोध), कांग्रेस

महिलातर्फ
इन्दु कडरिया (निर्विरोध), एमाले
कमलाकुमारी वली (निर्विरोध), एमाले
तारादेवी भट्ट (निर्विरोध), कांग्रेस

दलिततर्फ
चक्र स्नेही (निर्वाचित), एमाले
अल्पसंख्यक वा अपांगतातर्फ
महेशकुमार महरा (निर्वाचित), माओवादी केन्द्र

Loading...