वडाध्यक्षमा माअोवादीसँग हार, माअोवादीको मतले राष्ट्रियसभा सांसदमा विजयी

काठमाडौँ । वडाध्यक्षमा पराजित भएका नरपति लुहार राष्ट्रिय सभा सदस्य निर्वाचनमा विजयी भएका छन् । कालिकोटका लुहार गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा रास्कोट नगरपालिका ८ को वडा सदस्यमा पराजित भएका थिए ।

माओवादी केन्द्रका उम्मेदवारसँग ४ मत अन्तरले पराजित लुहारले राष्ट्रिय सभा निर्वाचनमा माअोवादीकै मत पाएर विजयी भए । उनले ३ हजार ६ सय ६६ मतभार प्राप्त गरे । ०४७ सालमा एमालेमा आबद्ध उनी हाल जिल्ला कमिटीको सचिवालय सदस्य हुन् । ०४४ सालमा उपप्रधानपञ्च, ०५४ सालमा एमालेबाट तत्कालीन फुकोट गाविसको वडाध्यक्ष निर्वाचित भएका थिए ।

Loading...