प्रदेश १ को मुख्यमन्त्रीको उम्मेदवार छान्दै एमाले, माअोवादीले छान्यो दलको नेता

मोरङ । प्रदेश १ को मुख्यमन्त्रीको टुंगो लगाउन अाज एमाले संसदीय दलको नेता चयन हुँदै छ । बाम गठबन्धनको बहुमत पाएको यस प्रदेशमा एमालेको तर्फबाट मुख्यमन्त्री बन्ने सहमति भएको छ ।

सोही सहमति अनसार प्रदेश मुख्यमन्त्रीको टुंगो लगाउनका लागि अाज एमाले संसदीय दलमा दलको नेता छान्न चुनाव हुँदै छ । तीनजना नेताहरु भीम आचार्य, शेरधन राई र जीवन घिमिरे मुख्यमन्त्रीको दाबीका साथ मैदानमा उत्रिएपछि संसदीय दलको नेता छान्न सकस देखिएको हो । संसदीय दलको नेता नै मुख्यमन्त्रीको उम्मेदवार हुने एमाले स्थायी समितिले निर्णय गरिसकेको छ ।

माओवादी केन्द्रले छान्यो दलको नेता
यता गठबन्धनकै अर्को दल माअोवादी केन्द्रले भने प्रदेशसभा संसदीय दलको नेता चयन गरेको छ । लामो छलफल र बहस पछि माओवादी केन्द्रले ताप्लेजुङका प्रदेश सभा सदस्य टंक आङबुहाङलाई संसदीय दलको नेता छानेको हो ।

क्यानका पूर्व अध्यक्ष समेत रहेका आङ्बुहाङ अन्तरिम संसदका सदस्य समेत रहेका थिए । त्यस्तै माओवादी केन्द्रले ईन्द्रवहादुर आङ्बोको नेतृत्वमा प्रदेश सरकार जाने निर्णय गरेको छ ।

संसदीय दलको नेता र सरकारमा जाने ब्यक्तिको टुङ्गो लागेसँगै उपसभामुखको बिषयमा माओवादीले टुंगो भने लगाएको छैन् ।

Loading...