प्रदेश ३ को सभामुखमा श्रेष्ठले उम्मेदवारी दिने

काठमाडौँ । नेकपा (एमाले) का तर्फबाट प्रदेश ३ को प्रदेशसभाका सभामुखमा सानुकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन ।

एमाले र नेकपा (माओवादी केन्द्र) बीचको सहमति अनुसार सभामुखमा एमाले र उपसभामुखमा केन्द्रले उम्मेदवारी दिने छन् । कूल ११० सदस्य रहेको सो प्रदेशसभामा एमालेसँग मात्रै बहुमत (५८ सदस्य) छ । प्रदेशको अस्थायी मुकाम हेटौँडामा शनिबार ३ः०० बजे बस्ने प्रदेशसभाको दोस्रो बैठकमा सभामुखको निर्वाचनको कार्यसूची तय गरिएको छ ।

एमाले वैकल्पिक पोलिटब्यूरो सदस्य श्रेष्ठले आफूलाई पार्टी नेतृत्वले सभामुखमा उम्मेदवारी दिन निर्देशन दिएको जानकारी दिए । माअोवादी केन्द्रबाट उपसभामुखमा राधिका तामाङ उम्मेदवार हुने तय भएको छ ।

Loading...