साईनीङमा रक्तदान र निशुल्क आखाँ शिविर

नवलपुर । साईनीङ आवासिय माविको २३ औँ बार्षिक उत्सवको अवसरमा भुतपुर्व बिद्यार्थी संघले खुल्ला रक्तदान कार्यक्रम गरेको छ । लायन्स क्लव अफ बागेश्वरी मिड टाउन र रोटरी क्लव अफ गैँडाकोटको संयुक्त सहकार्यमा भएको रक्तदान कार्यक्रममा ७९ जनाले रक्तदान गरेको भुतपुर्व बिद्यार्थी संघकी प्रवक्ता सिर्जना न्युरेले जानकारी दिनुभयो ।

हालसम्म ९८ पटक रक्तदान गर्नुभएका गैँडाकोटका स्थानीय खुमनाथ पौडेलको प्रमुख आतीथ्यमा भएको रक्तदान कार्यक्रममा बोल्दै समाजसेवी ध्रुवराज थपलिया, बिद्यालयका प्राचार्य लक्ष्मी प्रसाद दवाडी, रोटरी क्लव अफ गैँडाकोटका अध्यक्ष भिम शर्मा, लायन्स क्लव अफ गैँडाकोट बागेश्वरी मिडटाउनका अध्यक्ष छायाँदत्त पाण्डे, नमुना आवासिय माविका प्राचार्य गोपेन्द्रकेशरी न्यौपाने लगायतले बिद्यालयक्षेत्रमा हुने र क्तदान कार्यक्रमको प्रभाव समाजमा छिटो देखीने बताउनुभयो ।

पुर्व विद्यार्थीहरुको सञ्जाल गठन भई परोपकारी काम सुरु भएको भन्दै वक्ताहरुले खुसी ब्यक्त गरे । भुतपुर्व विद्यार्थी संघका कोषाध्यक्ष कविता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विवद्यालयकी सञ्चालक ईन्दीरा चापागाईको स्वागत मन्तव्य रहेको थियो । यसैबिच शुक्रबार नै बिद्यालयको आयोजनामा निशुल्क आखाँ शिविर सम्पन्न भएको छ ।

विद्यालय परिसरमा आयोजीत शिविरमा ८ सय बिद्यार्थीको आखाँ परिक्षण गरिएको बिद्यालयका प्राचार्य लक्ष्मी प्रसाद दवाडीले जानकारी दिनुभयो । शिविरमा आखाँमा समस्या देखीएका २६ बिद्यार्थीलाई निशुल्क चस्मा बितरण गरिने भएको छ । शिविरमा भरतपुर आखाँ अस्पतालका वरिष्ठ चिकित्सकद्धारा बिद्यार्थीको आखाँ परिक्षण गरिएको थियो ।

Loading...