प्रदेश ४ को मूख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरूङ, किरण गुरूङ पछि हटे

कास्की । प्रदेश ४ को नेकपा एमाले संसदीय दलको नेतामा केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ चयन भएका छन् । योसँगै उनी प्रदेशको मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

यहाँ मुख्यमन्त्रीका लागि पृथ्वीसुब्बासँगै प्रदेश नम्बर ४ का इन्चार्ज तथा स्थायी समिति सदस्य किरण गुरुङको दाबी गर्दै अाएका थिए । यी दुई नेताबीच सहमति मिलाउन पार्टी महासचिव ईश्वर पोखरेल नै पोखरा पुगेका थिए। आइतबार लेकसाइडमा भएको वार्तामा पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाउने सहमति भएको हो।

केहीबेरमा एमाले संसदीय दलको बैठक बसेर गुरुङलाई दलको नेता चयन गर्ने स्रोतले बताएको छ । प्रत्यक्ष ३६ र समानुपातिक २४ गरी ६० सांसद रहेको प्रदेश नम्बर ४ मा एमालेका २७ जना सांसद रहेका छन्।

Loading...