द्वन्द्वमा छोरा मर्यो, बुहारी अन्तै गइन्, अहिले नातीनि पनि वेपत्ता

पर्सा । १० वर्ष द्वन्द्वका क्रममा एक छोरा गुमाउनुको पीडा छँदै छ । द्वन्द्वकालमा दुईमध्ये जेठो छोरो गुमाएका पर्साको सखुवा पर्सौनी गाउँपालिका महुवनका शारदा गिरीको परिवारमाथि अर्को पीडा थपियो । तीन मृतक छोराकी एक मात्र चिनो नातिनी नै वेपत्ता भइन् ।

गरी दम्पती वीरगञ्जमा भक्कानिँदै अाफ्नी १४ वर्षिया नातिनीको खोजि गरिदिँन हार गुहार गरिरहेका छन् । उनीहरूले नातिनी गायब भएको घटनालाई प्रहरीले गम्भीरतापूर्वक नलिएकाले उनको खोजतलासमा कठिनाइ भइरहेको आरोप लगाउँदै पत्रकार सम्मेलन समेत गरेका छन् ।

गीरीका छोरा जयरामलाई द्वन्द्वकालमा तत्कालीन माओवादी विद्रोहीले सुराकीको हत्या गरेका थिए । बाबुको मृत्यु हुँदा ७ महिनाकी काजललार्इ एक वर्षपछि छाडेर अामा पनि हिँडिन् । हजुरबा हजुरअामाको काखमा हुर्किँदै गरेकी काजल पनि गत असोज २९ गते राति घरबाट बेपत्ता भइन् ।

नेपाल प्रहरीमा ‘पिपा’ पदमा कार्यरत गाउँकै प्रेम बैठा धोबीले प्रहरीमा जागिर लगाइदिने प्रलोभन दिई काजललाई फकाएर लगेको गिरी दम्पतीको आरोप लगाउँदै अाएका छन् ।

उनीहरूले घटनाकाबारेमा प्रहरीमा लिखित जाहेरी दिए तर नातिनीको खोजीमा प्रहरीले चासो दिएन् । बेपत्ता किशोरीका आफन्तले सिन्धुलीको दुधौलीमा रहेको नेपाल प्रहरीको तालिम केन्द्रमा पुगी उनको खोजतलास गरेका थिए । आरोपी बैठाले काजललाई दुधौलीमा ३ दिनसम्म राखेको तथ्य फेला परेपछि त्यहाँका प्रहरी अधिकारीलाई यसको जानकारी गराउँदा उनीहरूले समेत चासो लिएनन् ।

पर्सा प्रहरीले भने काजलको खोजतलास भइरहेको दाबी गर्दै अाएको छ । यसक्रममा बेपत्ता किशोरीको परिवारका सदस्य र छिमेकका तीनजनालाई बोलाएर सोधपुछ गरेको थियो । जिल्ला प्रहरी कार्यालय, पर्साका नायब प्रहरी उपरीक्षक राजन लिम्बुले प्रहरीले वेपत्ता काजलको खोजीमा कुनै कसर बाँकी नराखेको दाबी गर्छन् । तर परिवार भने उनको भनार्इप्रति सन्तुष्ट छैनन् ।

किशोरीका आफन्तका अनुसार बैठाले मोबाइलमा कुराकानी गरेको तथ्यलाई अनुसन्धानका क्रममा बेवास्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको महिला तथा बालबालिका सेवा केन्द्रले बैठालाई पत्र लेखी बोलाएको कार्यालयले जनाएको छ । उनी आएपछि थप कुरा खुल्ने लिम्बु बताउँछन् ।

अनावश्यक रूपमा मुद्दामा मानिसलाई फसाउने चलन रहेकाले त्यसप्रति सचेत रहँदै वास्तविक दोषीलाई कुनै पनि हालतमा नछाड्ने उनले दाबी गरे । काजलकी हजुरआमा पार्वतीले आठजनालाई प्रतिवादी बनाई जाहेरी दिएकी हुन् ।

Loading...