प्रदेश ६ को सभामुखमा राजबहादुर शाही निर्वाचित

सुर्खेत । प्रदेश ६ को सभामुखमा राजबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । आज बसेको प्रदेश संसदको दोस्रो बैठकले शाहीलाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

सभामुखमा शाहीको एकल उम्मेदवारी परेको थियो । शाही एमालेका तर्फबाट दैलेख क्षेत्र नं. २ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
सभामुख शाहीलाई आजै अपराहन्न ४ बजे प्रदेश प्रमुख दुर्गाकेश खनालले सपथग्रहण गराउने कार्यक्रम तय गरिएको छ ।

Loading...