प्रदेश नं १ को सभामुखमा भण्डारी निर्विरोध निर्वाचित

मोरङ । प्रदेश १ को प्रदेशसभाको सभामुखमा प्रदीपकुमार भण्डारी निर्विरोध निर्वाचित भएका छन् । ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीको अध्यक्षतामा बसेको प्रदेशसभाको बैठकले सभामुख पदमा भण्डारीलाई आज निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

यसअघि आज प्रदेशको संसद् शुरु भएपछि सभामुख पदको एकमात्र उम्मेदवार रहेका भण्डारीलाई निर्वाचित गरियोस् भनी प्रस्ताव टेबुल गरिएको थियो ।

प्रदेशसभा सदस्य न्यौपानेले प्रदेशसभा सञ्चालनका लागि सभामुखको खाँचो रहेको भन्दै संविधानको मर्म, भावनालाई आत्मसात् गरी संयुक्त वाम गठबन्धनको तर्फबाट भण्डारीलाई संविधानको धारा १८ को १८२ को १ बमोजिम र प्रदेशसभा अन्तरिम कार्यविधि सञ्चालनको दफा ६(१) अनुसार प्रदेशसभाको सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव राखेका थिए ।

प्रदेशसभा सदस्यहरुले सर्वसम्मत ढंगले सो प्रस्तावलाई समर्थन गरेको थियो ।

Loading...