प्रदेश ३ मा प्रदेश सरकार, जम्मरकट्टेल अान्तरिक मामिला कानुन मन्त्री स्थापित पूर्वाधार

मकवानपुर । प्रदेश ३ मा तीन सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । सोमबार विहान नै सपथ लिएका मुख्यमन्त्री डोरमणि पौडेलले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।

माओवादी केन्द्रबाट शालिकराम जम्मरकट्टेल र एमालेबाट केशव स्थापित मन्त्री बनेका छन् । जम्मरकट्टेलले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने स्थापित भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।

उनीहरु दुबै जनालाई सोमबार प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ ग्रहण गराएकी छन् । आन्तरिम मामिला मन्त्रालय नपाएपछि जम्मरकट्टेलले सरकारमा सहभागि हुन मानेका थिएनन् । पार्टी अध्यक्ष प्रचण्डले फोन गरेर मन्त्रिपरिषद गठनमा सहभागि हुन भनेपछि उनी मन्त्री बनेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएपछि प्रदेश ३ मा मन्त्रिपरिषद गठनका लागि सहमति जुटेको थियो ।

Loading...