प्रदेश ४ को मुख्यमन्त्रीमा गुरूङ नियुक्त

कास्की । एमाले प्रदेशसभा संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेशसभामा बहुमत भएका एमाले र माओवादीले सरकार गठनको दाबी गर्दै गुरुङलाई मुख्यमन्त्री सिफारिस गरेका थिए । दुई दलको दाबीपछि प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

गुरुङ आइतबार मात्र एमाले संसदीय दलको नेता चुनिएका थिए । प्रदेश ४ को ६० सदस्यीय प्रदेशसभामा एमालेको २७ सांसद छन् भने माओवादीको १२ सांसद छ ।

मुख्यमन्त्री गुरुङले पर्सि फागुन २ गते सपथ लिनेछन् । बुधबार २ बजे प्रदेश प्रमुखको निवासमा पद र गोपनियताको शपथ गराउने कार्यक्रम राखिएको छ ।

Loading...