प्रदेश २ ले फागुन ३ मा मुख्यमन्त्री पाउने बहुमत पुराएर अाउन दललार्इ अाह्वान

धनुषा । प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले मुख्यमन्त्रीका लागि बहुमत जुटाएर आउन राजनीतिक दलहरुलाई आहृवान गरेका छन् ।

यहाँ कुनै पनि एक दलको बहुमत नभएको अवस्थामा प्रदेश प्रमुख कायश्यले बहुमत जुटाएर फागुन ३ भित्र आउन दलहरुलाई आहृवान गरेका हुन् ।

उनले दुर्इ वा दुर्इभन्दा दलको समर्थनमा बहुमत प्राप्त गरी आउन आहृवान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका सचिव लावण्यकुमार ढकालका अनुसार संविधानको धार १६८ को उपधार बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत नभएकोले मुख्यमन्त्री नियुक्तीका लागि उपधार २ बमोजिम ३ गतेभित्र बहुमत प्राप्त गरी अाउने अाह्वान गरिएको हो ।

१०७ सदस्यीय प्रदेशसभामा दुई ठूला दल संघीय समाजवादी फोरम र राजपाको गठबन्धनले बहुमत पाएको छ । यहाँ यी दुर्इ दलबीच संयुक्त सरकार बनाउने सहमति भएको छ ।

दुई पार्टीको सहमति अनुसार मुख्यमन्त्री फोरमले पाउनेछ । फोरमले संसदीय दलको नेतामा लालबाबु राउत चयन भइसकेका छन् ।
प्रमुख विपक्षी दल एमाले हुनेछ ।

Loading...