प्रदेश ५ को सभामुखमा माअोवादीका घर्तीको उम्मेदवारी

काठमाडौं । प्रदेश नम्बर ५ को सभामुखको लागि माओवादीका पूर्णबहादुर घर्तिको उम्मेदवारी दर्ता भएको छ ।

माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालको समर्थनमा घर्तिको उम्मेदवारी दर्ता भएको हो । मंगलबार बेलुकी ५ बजेसम्म सभामुखको लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

बुधबार सभामुख चयन गर्ने कार्यसूची छ । कांग्रेसले उम्मेदवारी नदिने बताइसकेकाले माओवादीका घर्ति सभामुख चयन हुने पक्का छ ।

Loading...