गैंडाकोट फुटबल क्लबलाई उपाधि

भरतपुर । गैंडाकोट फुटबल क्लबले चितवनमा जारी चांैथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

बुधबार भरतपुरस्थित प्रहरी तालिम केन्द्रको खेल मैदानमा सम्पन्न फाइनलमा जू फुटबल क्लब जुगेडीलाई ३–० गोलअन्तरले पराजित गर्दै गैंडाकोटले उपाधि जितेको हो । जिजेता गैंडाकोटले २ लाख २२ हजार २ सय २२ नगदसहित ट्रफी जितेको छ । उपविजेता गैंडाकोटले नगद १ लाख ११ हजार १ सय ११ प्राप्त ग¥यो ।

त्यस्तै सेमिफाईनलिस्ट २ टिम भरतपुर फुटबल क्लब र रामपुर फुटबल क्लबले नगद २५–२५ हजार प्राप्त गरे । समापन कार्यक्रममा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत, सासंद् कृष्णभक्त पोखरेल, वाईसीएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखा, प्रदेश सभाका सांसदहरु विजय सुवेदी, धनश्याम दाहाल, रामलाल महतो, कृष्ण भुर्तेल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र डीआईजी केदारमानसिंह भण्डारीले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रम समापन कार्यक्रममा चितवनका चिकित्सक डा. भोजराज अधिकारीलाई पनि सम्मान गरिएको आयोजक एभरेष्ट क्लब चितवनका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । खेलमा उत्कृष्ट डिफेन्स जुगेडीका आशीष गुरुङ, उत्कृष्ट गोलरक्षक गैंडाकोटका अनिस महतो, उत्कृष्ट मिडफिल्डर जुगेडीका गौरव बुढाथोकी, उत्कृष्ट खेलाडी जुगेडीका योगेश गुरुङं र सर्वाधिक गोलकर्ता जुगेडीका सन्त (कान्छा) बहादुर गुरुङ घोषित भए । उनीहरुलाई नगद १० हजारसहित ट्रफी प्रदान गरियो । चितवनको सर्वाधिक पुरस्कार राशी रहेको जिल्लास्तीय खेलमा १६ समूहको सहभागिता रहेको थियो ।

Loading...