शंकर पोखरेल प्रदेश ५ को मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं । प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

माओवादीको समर्थनमा एमालेले सरकार गठनका लागि आइतार नै दाबी पेश गरेको थियो । सभामुख चयन भइसकेपछि मात्र पोखरेल मुख्यमन्त्री नियुक्त भएका हुन् ।

नवनियुक्त मुख्यमन्त्री पोखरेलले भोलि सपथ लिनेछन् । भोलि नै सानो आकारको मन्त्रिपरिषद् बनाउने एमाले र माओवादीको गृहकार्य छ ।

Loading...