एक महिनादेखि प्रजिअ नहुँदा तनहुँबासी समस्यामा

तनहुँ । विगत एक महिना देखि तनहुँ प्रमुख जिल्ला अधिकारी विहिन छ । यहाँका तत्कालिन प्रजिअ रितेशकुमार शाक्य गत पुस २८ गते सरुवा भई राष्ट्रिय सतर्कता केन्द्र, काठमाडौँमा सरूवा भएर गए पनि अर्का प्रजिअ नियुक्त हुन सकेका छैनन् ।

जिल्लामा प्रमुख प्रशासक नहुँदा स्थानीय समस्यामा परेका छन् । जिल्ला प्रशासन कार्यालयबाट हेरिने केही सार्वजनिक अपराध र हातहतियार खरखजाना, कालोबजारसम्बन्धी मुद्दाको फैसला गर्ने कार्य समेत प्रभावित भएका छन् । सहायक प्रजिअ तुलसीराम पौडेलले निमित्तका रुपमा काम गरिरहेका छन् ।

केही सार्वजनिक अपराध, हातहतियार तथा खरखजाना, कालोबजारसम्बन्धी मुद्दाको फैसला गर्न भने समस्या परेको बताइएको छ ।

Loading...