मुख्यमन्त्री राउत र दुई मन्त्रीद्वारा शपथ

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरू जितेन्द्रप्रसाद सोनार एवं विजय यादवले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले उहाँहरूलाई जनकपुर चुरोट कारखाना परिसरमा आयोजित एक समारोहमा शपथ खुवाउनुभएको हो ।

मुख्यमन्त्री राउतले भोजपुरी, मन्त्री सोनारले हिन्दी र मन्त्री यादवले मैथिली भाषामा शपथ लिनुभएको थियो । सोनारलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालय र यादवलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Loading...