सुरेश पाण्डेका दुर्इ गजल

- सुरेश पाण्डे


कठै मेरो देशका नेताहरूको अक्कल भयन!!
के भन्छौँ तिमीहरूले मेरो देशमा जल भयन!!

मित्र सिमाना बाट भित्र आईरहेको छ हेर्नुस!!
मेरो सरकार भन्दैछ यहाँ कुनै हलचल भयन!!

खाली खुट्टा गन्तब्य कहाँ पुगिन्छ हिनेकोछु!
आफ्नै देश भित्र बन्ने खुट्टामा चप्पल भयन!

गाउँमा किसान रुँदै थियो खेतवारीमा पुगेर!!
भन्थ्यो माटो संग बचाउँनु मलाई मल भयन!!

सकिन्न ती नेतालाई सम्झाउन बाँदर रहेछन्!
ठोके झुटो भाषण मात्रै समाधानको हल भयन!

कति ठान्दछन् आफुलाई नेपाली हुनुमा गर्भ!!
दुष्मनको अगाडि लड्ने यीनीहरुमा बल भयन!

डलरमा आमा बेच्ने हरुलाई केथा हामी को हौ!
भन्दैछन् अझ स्वाभिमानमा कुनै छल भयन!!


देशको माटो मिच्दा यो मन धुरु धुरु रुन्छ आमा!!
यस्तो अत्याचार उस्को कहिले सम्म हुन्छ आमा!!

हालत देख्दा देशको लाग्छ पहिचान भुलिसक्यो!
लोकतन्त्र आउँदा पनि गलत बाटो चुन्छ आमा!!

बर्षेभेल आउँदा खोला नाला उर्लिएर ठुला ठुला!!
देश डुबाउन मित्रले नै मुल ढोका थुन्छ आमा!!

छ छ महिना प्रधानमन्त्री आलो पालो बनेपछि!!
रोजगार नपाई युवाहरु आँसुले मुख धुन्छ आमा!

नेताले त भाषण मात्र ठोके रोजगार दिन्छु भन्दै!
उनका बोलीहरु यो मन मुटु भित्र छुन्छ आमा!!

Loading...