भैरब–लालमाया स्मृति पुरस्कार आदर्श प्रधानलाई

काठमाडौं । द्वाल्खा गुठीले यो वर्षको ‘भैरब–लालमाया स्मृति पुरस्कार’ आदर्श प्रधानलाई प्रदान गरेको छ ।
शनिबार राजधानीमा आयोजित एक समारोहमा जेष्ठ नागरीक डबल बहादुर श्रेष्ठले आदर्श प्रधानलाई नगद एवं सम्मानपत्र प्रदान गर्नु भयो ।
दोलखाली नेवारी भाषा तथा संस्कृतिको संरक्षण, सम्बद्र्धन र बिकासमा उल्लेखनीय योगदान गरे बापत प्रधानलाई उक्त पुरस्कार प्रदान गरेको हो ।
बिगत डेढ दशक देखि पत्रकारिताको क्षेत्रमा क्रियाशिल प्रधानले दोलखा जिल्लाको पहिलो इन्टरनेट पत्रिका दोलखा डट् कम्को पनि संचालन गरेका हुन ।

त्यस्तै, संगीत क्षेत्रमा योगदान दिएकोमा ‘मनकृष्ण टिकालक्ष्मी स्मृति पुरस्कार’ पूर्ण नारायण श्रेष्ठलाई प्रदान गरिएको छ ।
द्वाल्खा गुठीको बार्षिक साधारण सभा एवं सम्मान कार्यक्रममा माननीय सांसद द्विब्यमणि राजभण्डारी, गुठीका अध्यक्ष माधवमणि राजभण्डारी, कालिन्चोक यूवा क्लबका अध्यक्ष निरेन्द्र मास्के, भैरब–लालमाया स्मृति पुरस्कारका संस्थापक आत्मा कृष्ण श्रेष्ठ लगाएतले बोल्नु भएको थियो ।

Loading...