प्रदेश ७ मा सात सदस्यीय मन्त्रिमण्डल गठन

कैलाली । प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टले आज सात सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मुख्यमन्त्री र अन्य मन्त्रीलाई प्रदेश प्रमुख मोहनराज मल्लले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

एमालेबाट चार र माओवादीबाट दुई मन्त्री बनेका हुन् । एमाले संसदीय दलका नेता प्रकाश शाह प्रदेश सरकारमा गृह (आन्तरिक मामिला तथा कानुन)मन्त्री बनेका छन् । मुख्यमन्त्रीका दावेदार रहेका माओवादीका झपट बोहराले अर्थ (आर्थिक तथा योजना) मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै पठानसिह बोहरा, भौतिक पुर्वाधार तथा योजना, दीर्घ सोडारी सामाजिक विकास, माया भट्ट उद्योग पर्यटन वन तथा बातावरण र विनीता चौधरी भूमि व्यवस्थापन, कृषी तथा सहकारी मन्त्री बनेका छन् । बोहोरा, सोडारी र भट्ट एमाले सांसद हुन् भने चौधरी माओवादीबाट मन्त्री बनेकी हुन् ।

Loading...