अमेरिकी पेस्तोलसहित दुर्इ जना पक्राउ

सुनसरी । जिल्लाको इटहरी उपमहानगरपालिका–५ जनता बस्तीबाट अमेरिकी पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।

प्रहरीले अमेरिकी पेस्तोलसहित इटहरी–५ बस्ने २२ वर्षीय यामबहादुर लिम्बू र इटहरी–८ बस्ने २१ वर्षीय रोहन बस्नेतलार्इ पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले नौ एमएमको एक राउण्ड गोली र पेस्तोलसहित दुईजनालाई शनिबार पक्राउ गरेको हो ।

इटहरी–९ स्थित बसपार्कमा युवाहरु झगडा गर्न लागेको सूचनाका आधारमा प्रहरीको टोलीले सो क्षेत्रमा निगरानी बढाएको थियो ।

प्रहरीले निगरानी बढाउने क्रममा लिम्बूको साथबाट अमेरिकी अटोमेटिक पेस्तोल बरामद गरिएको इलाका प्रहरी कार्यालय, इटहरीका प्रहरी नायब उपरीक्षक सञ्जय राउतले जानकारी दिए ।

पक्राउ परेका लिम्बू यसअघि पनि ज्यान मार्ने अभियोगमा तीन वर्ष जेल सजाय पाएका व्यक्ति हुन् ।

पक्राउ परेका दुवैजनालाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइएको प्रहरी नायब उपरीक्षक राउतले बताए ।

Loading...