गैँडाकोटमा विश्वविद्यालय स्थापना गर्न माग

नवलपुर । गैडाकोटलाई संसारमै चिनाउन सकिने अभियानको रुपमा बिश्व बिद्यालय स्थापना अभियान रहेको सरोकारवालाहरुले बताएका छन । आईतबार गैडाकोट नगरपालीकाको आयोजनामा भएको गैडाकोट नगरपालीकामा बिश्व बिद्यालय स्थापनार्थ अन्र्तरक्रिया कार्यक्रममा बोल्ने सरोकारवालाहरुले यस्तो बताएका हुन । गैडाकोट देशकै मध्यभागमा रहेकोले पनि बिश्वबिद्यालय स्थापनाको लागि गैडाकोट उपयुक्त हुने बताएका हुन ।

बिशेष गरि अहिलेको पढाई र गराईमा फरक रहेकोले बिश्व बिद्यालयहरुले केवल शैक्षीक बेरोजगारहरु मात्र उत्पादन गर्यो भन्ने आरोपलाई खण्डन गरि अन्र्तराष्टिय स्तरको बिश्व बिद्यालय निर्माणमा जोड दिन सरोकारवालाहरुको सुझाब रहेको छ । बिदेशी भुमिमा अध्ययन गर्ने जाने बिद्यार्थीको संख्या दिनानुदिन बढिरहेको सन्र्दभमा नेपालमै बिदेशी बाताबरण्ीय बिज्ञान तथा अन्य बिषय अध्ययन गर्न आउने बातावरणको सिर्जना गर्न सक्नुपर्ने र त्यसै अनुरुप योजना बनाएर अघि बढन सक्नुपर्नेमा जोड दिईएको छ ।

गैडाकोटको नाम बनाउनका लागि नभई गैडाकोटलाई फूल बनाई वास्ना छर्ने बिश्व बिद्यालय बनाउन आवश्यक रहेको प्रतिनिधि सभा सांसद सत्यनारायण खनालले बताउनुभएको छ । शिक्षाबाट टाढा रहेका व्यक्तिलाई शिक्षाको उज्यारोतिर ल्याउनपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममका प्रमुख अतिथी समेत रहनुभएका उहाले गरिबका छोराछोरीले पनि गुणस्तरिय शिक्षा हासिल गर्न पाउनुपर्ने बताउनुभएको छ । अर्को प्रसंगमा शिक्षा र देशको सम्रग बिकासको लागि राजनिति जरुरी रहेको बताउनुभयो ।

शिक्षामा राजनितिको गन्ध आउन दिन नहुनेमा क्रिभुवन बिश्व बिद्यालयका पुर्ब उपकुलपति डाक्टर केदार भक्त माथेमाले जोड दिनुभएको छ । पदाधिकारी तथा प्राध्यापक नियुक्तीमा राजनीति भएमा शिक्षाको बिकास नहुने र असल नेतृत्व र व्यक्तित्व शिक्षाश्रेत्रमा आउन नसक्ने बताउनुभएको छ । गैडाकोट नगरपालीकामा बिश्वबिद्यालय स्थापनार्थ अन्र्तरक्रिया कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो । उहाले १ सय बर्षपछिको अवस्था परिकल्पना गरेर बिश्वबिद्यालय खोल्नुपर्ने र सो आजको आवश्यकता रहेको समेत औल्याउनुभएको छ ।

डाक्टर अजुृन कार्कीले थौरै पढेर छिटो प्रमाण पत्र पाउन तिर लाग्ने जमात बढि भएकोले बौद्धिक ल्याकत कम भएका जनशक्ति उत्पादन भएको सन्र्दमा त्यसबाट समृद्धिको हाशा गर्न नसकिने उल्लेख गर्नुभएको छ । त्यस्तै डाक्टर चिन्तामणि योगीले शिक्षीत मात्र नभई ज्ञानी र बिबेकी हुने किसिमको शिक्षा आजको आवश्यकता रहेकोमा जोड दिनुभयो । सो कार्यक्रममा शिक्षाबिद सरोकारवाला , राजनीतिक दलका प्रतिनिधी लगायतले बिश्व बिद्यालय स्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

बिश्व बिद्यालयका अभियान्ता डाक्टर प्रमोद ढकालले गैडाकोटमा खुल्ला बिश्व बिद्यालय अबधारण र अवसरको बारेमा कार्यक्रममा आफ्नो भनाइृ राख्नुभएको थियो । उहाले खुल्ला बिश्व बिद्यालय बौद्धिक व्यक्तित्व उत्पादन गर्न सहयोगी हुने उल्लेख गर्नुभएको छ । साथै उहाले आफ्नै ठाउमा शिक्षा हासिल गरि आफ्नै स्रोत र साधनको प्रयोग गरि बिकास निर्माणमा सहयोगी हुने बताउनुभएको छ ।

बिकसित त समृद्ध नगरपालीका बनाउने महाअभियानमा रहेको गैडाकोट नगरपालीकाले बिश्व बिद्यालय बनाउन लागेको नगर प्रमुख छत्रराज पौडेलले उल्लेख गर्नुभयो । समृद्ध गैडाकोट बनाउनमा सबैको सहयोग र सहकार्य गर्दे अघि बढने उल्लेख गर्नुभयो ।

नगर उपप्रमुख बिष्णु कुमारी कडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो अन्र्तक्रिया कार्यक्रम गैडाकोट नगरपालीकाका नगर प्रमुख छत्रराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

Loading...