विद्यार्थीलाई असल संस्कार सिकाउन अभिभावको भूमिका

नवलपुर । अध्यात्मविद् डा. चिन्तामणी योगीले बालबालिकामा असल संस्कार दिन अभिभावकले उनीहरुसंग समय बिताउनुपर्ने बताउनुभएको छ । सानो उमेरमा उनीहरुलाई समय नदिए उनीहरुले पनि बाबुआमालाई पछि समय नदिने उहाँको भनाई थियो ।

गैँडाकोट ईग्लीस स्कुलले आयोजना गरेको उत्प्रेरणात्मक तथा बैयक्तीक परिवर्तन कार्यक्रममा बिद्यार्थीहरुमाझ उर्जशिल भनाई राख्दै वहाँले बिद्यार्थीहरुलाई सकारात्मक सोचका लागि अभिभावक र बिद्यालयको भुमीकाबारे प्रष्ट पार्नुभएको थियो । उहाँले बिद्यार्थीहरुलाई अध्ययनका लागी वा कामको शिलशिलामा बिदेश गएपनि सिप सिकेर स्वदेशमै लगानी गर्न आग्रह गर्नुभयो ।

करिव ४५ मिनेटको प्रवचनमा उहाले अभिभावको आदर, संस्कार र सभ्यताको विकास तथा बालबालिकाको भुमीकाबारे प्रष्ट पार्नुभएको थियो । गैँडाकोट ईग्लीस स्कुलका प्राचार्य हिरालाल अर्यालले सहजीकरण गर्नुभएको सो कार्यक्रममा शिक्षाविद प्राध्यापक प्रा. डा. नारायणप्रसाद खनाल, कृष्ण थापा, सहमती संस्थाका कार्यकारी निर्देशक करुणासागर सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बिद्यालयका शिक्षक, अभिभावक स्थानीय समाजसेवी बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।

Loading...