दिर्घकालिन गुरुयोजना तयार गर्न बिज्ञहरुसंग छलफल

नवलपुर । गैँडाकोट नगरपालिकाको दिर्घकालिन गुरुयोजना तयार गर्नेबारे सोमबार बिज्ञहरुसंग अन्तक्रिया गरीएको छ । २० बर्षे गुरुयोजना बनाएर अघि बढ्न खोजेको नगरपालिकालाई नगरस्तरमा प्राप्त श्रोत साधनको अध्ययन, बर्गीकरण र योजना बनाएर अघि बढ्न सुझाव दिनुभएको छ ।

अन्तक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राष्टिय पुन निर्माण कार्यालयको पुर्ब कार्यकारी निर्देशक शुसिल ज्ञवालीले संस्थागत संरचना बनाएर अगाडी नबढे दिर्घकालिन गुरुयोजना कोरा कल्पना मात्रै हुने बताउनुभयो । नगरपालिका भित्र वित्तिय श्रोत जनसांख्यीक अवस्था, बिगत र बर्तमानको अवस्थिती बुझेर काम गर्नुपर्ने वहाँको भनाई थियो । सरकारबाट आउने स्रोत निक्र्यौल गरेर मात्र काम सुरु गर्न सकिने वहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै ईन्जीनियर गजेन्द्र थपलियाले योजना कार्यान्वयनको पक्षमा संस्थागत अनुगमन र जिम्मेवारी बाँडफाँड महत्वपुर्ण हुने बताउनुभयो । उहाँले नेपालमा काम नगर्ने परिपाटिलाई योजनामा सामेल गर्ने र प्रतीफलको आसा गर्ने बानीका कारण उपलब्धी हासिल हुन नसकेको उल्लेख गर्नुभयो ।

गैँडाकोट क्षेत्रमा सुरु गर्न सकिने विभिन्न योजना परियोजनाको प्रस्ताव प्रस्तुत गर्दै अर्का ईन्जीनियर कृष्ण सापकोटाले नारायणी नदीको पानिको उच्चतम प्रयोग गर्न सकिने बताउनुभयो । गैँडाकोटमा उच्च प्रर्यटकीय सम्भावना औल्याउदै उहाँले धार्मीक, शैक्षीक औद्योगीक र ब्यवसायी खाका पेश गर्नुभएको थियो । कालीगण्डकी करिडोरसंग जोडिएर काम गर्न सकिने थुप्रै सम्भावना उहाँले औल्याउनुभएको छ ।

स्थानीय तथा राष्ट्रिय विज्ञ व्यक्तीहरुको सहभागीतामा भएको अन्तक्रियामा गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलको अध्यक्षता रहेको थियो भने उपप्रमुख बिष्णु कुमारी कंडेल को रहेको थियो ।

Loading...