शुभ लक्ष्मि फेन्सीको उद्घाटन

चितवन । नारायणगढको लायन्सचोकमा शुभलक्ष्मी फेन्सी कलेक्सन सञ्चालनमा आएको छ । उक्त फेन्सीको मंगलबार उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले उद्घाटन गरेका हुन् । करिब ४० लाख रुपैयाँको लागतमा सञ्चालन गरिएको फेन्सीमा महिला, पुरुष तथा बच्चाको लागि चाहिने सबै प्रकारका कपडाहरु उपलब्ध हुने सञ्चालक रेमाकान्त भट्टराईले बताए ।

वैदेशिक रोजगारको सिलसिलामा १२ वर्ष कोरिया बसेपछि नेपालमा नै केही गर्दै अन्य व्यक्तिलाई समेत रोजगार दिने उद्देश्य लिएर नेपाल फर्किएका भट्टराईले फेन्सी पसल खोलेका बताउँछन् । हाल खुद्रा रुपमा मात्रै सामान विक्री गर्ने भएपनि केही समय पछाडि पसल विस्तार गर्दै होलसेल समेत राख्ने योजना रहेको भट्टराईले बताए ।

कोरियामा जस्तो मिहेनत नेपालमा गर्ने सक्ने हो भने मुलुकको आर्थिक विकास उच्च हुने उल्लेख गर्दै भट्टराईले यहाँ मिहेनत गर्ने वातावरण नै नभएको गुनासो गरे । सन्तुलित बजार मूल्यमा सामानहरु बिक्री वितरण गर्ने उल्लेख गर्दै भट्टराईले उद्घाटनको एक हप्तासम्म विशेष छुटको व्यवस्था गरिएको बताए ।

Loading...