यसरी मारिए गुण्डा नाइके मनोज पुन, परिवारले शव बुझ्न मानेन

रूपन्देही । प्रहरी इन्काउन्टरमा गुण्डा नाइके मनोज पुन मारिएका छन् । बुधवार बिहान देवदहमा प्रहरीसँग भएको मुडभेडमा उनी मारिएका हुन् ।

   प्रहरीसँगको मुठभेडमा घाइते भएका उनलाई लुम्बीनी अञ्चल अस्पताल लगिएकामा त्यही मृत्यु भएको संघीय ईकाई प्रहरी भैरहवाका एसएसपी दीपक थापाले बताए । प्रहरीले मुठभेडमा उनका सहयोगी सोम आले पनि मारिएको प्रहरीले जनाएको छ । बुधबार विहान करिब साढे ३ बजे प्रहरी र पुनको समूहबीच देवदह ४ भवानीपुरमा जम्काभेट भएको थियो । प्रहरीसँग जम्काभेटपछि भएको दोहोरो गोली हानाहानमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख श्यमलाल ज्ञवालीका अनुसार मनोज पुन र उनको समुहले देवदहमा अपराधीक घटना गर्दै छ भन्ने सुचनाका आधारमा त्यस क्षेत्रमा सर्च गर्न पुगेको केन्द्रिय अनुसन्धान ब्युरोको बिशेष टोली माथी गोली प्रहार गरेपछि जवाफी कारवाहीमा २ जनालाई गोली लागेको थियो ।

रुपन्देहीको देवदेह क्षेत्रमा गिटीबालुवा र काठको तस्करी गर्दै आएका मनोज पुन गत बर्ष युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या पछि चर्चामा आएका थिए ।

तिवारी र रुपन्देहीकै व्यापारी बसन्त पौडेलको हत्याका आरोपी उनी लामो समय भारतमा लुक्दै आएको प्रहरीले बताउँदै आएको थियो । पछिल्लो समय उनी नेपाल आएको सूचनाका आधारमा प्रहरीले अपरेसन चलाएको थियो ।

को हुन् मनोज ?
युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र एमाले कार्यकर्ता बसन्त पौडेलको हत्यामा संलग्न भनिएका मनोज पुन विगतमा राजनीतिक कार्यकर्ता थिए ।

सुरुमा माओवादी कार्यकर्ता रहेका उनी केही समय युवा संघमा प्रवेश गरेका थिए । युवा संघमा प्रवेश गरेर पनि उनी नसुध्रिएको भन्दै युवा संघले करिब ५ महिनामै कारवाही गरेर उनलाई निकालेको थियो । सोही बेलाको रिसिवि फेर्न यसरी हत्या गरेको हुनसक्ने केहीको अनुमान छ ।

देवदह नपा ६ का बर्ष २९ को मनोज पुन भन्ने मनोज बुढा मगरको समुहले पछिल्ला वर्षहरुमा चन्दा आंतक मच्चाउदै आएको गुनासो बढ्दै गएको थियो । मनोज यी हत्या भन्दा अगाडि संगठित अपराध, हातहतियार खरखजना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेको प्रहरीले जनाउदै आएको छ ।

गत वर्ष २०७३ पुस ४ गते भएको एमालेको युवा संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको थियो । त्यसअघि ०७२ चैत ६ गते पनि दुर्गालाई २ वटा गोलि प्रहार गरिएकोमा उनी बचेका थिए । त्यतिबेला पनि मनोजकै संलग्नतामा घट्ना घटेको थियो र त्यसको करिब एक वर्ष पछि उसैको संलग्नतामा हत्या भयो ।

रूपन्देहीको देवदह नगरपालिका वडा नं।–८ स्थित खैरेनी चोकदेखि १ सय मिटर दक्षिणतर्फ बाटोमा अपरान्ह गोली प्रहारबाट घाइते भएका तिवारीको पनि उपचारको क्रममा मृत्यु भएको थियो । पुनको समूहले काठमाडौंका समिरमानसिंह बस्नेत समूहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्याको समेत जिम्मा लिएका थिए ।

परिवारले शव बुझ्न मानेन
यसैबीच प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके पुनको शव बुझ्न परिवारले अस्वीकार गरेको छ।

पुनको शवलाई पोस्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिए पनि परिवारका सदस्य अस्पताल आउन नमानेपछि पोस्टमार्टम हुन नसकेको एक प्रहरी अधिकृतले जानकारी दिए।

पुनकी श्रीमती रुपन्देहीको देवदह नगरपालिकामा बस्दै आएकी छिन्। पुनसँगै इन्काउन्टरमा मारिएका सोम आलेको परिवार भने भैरहवामा बस्दै आएका छन्। आज बिहान रुपन्देहीको देवदह नगरपालिका विजयपुर ४ मा प्रहरीको मुठभेटमा पुन र आले मारिएका थिए।

Loading...