गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

काठमाडौं । गुण्डा नाईके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । बुधबार विहान रूपन्देहीको देवदहमा प्रहरीले उनीसँगै उनका सहयोगी सोम आलेलार्इ इन्काउन्टरमा मारेको हो ।

बुधवार बिहान रुपन्देहीको देवदहमा प्रहरीसँगको मुठेभटमा मनोज र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएपछि प्रहरीले जवाफी कारवाही गरेको थियो ।

बिहान करिब ४ बजे देवदह–४ भवानीपुरमा गोली लागेर ढलेका दुवैजनालाई लुम्बीनी अञ्चल अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख (एसपी) श्याम ज्ञवालीका अनुसार अस्पतालले दुवैलाई मृतक घोषणा गरिसकेको छ ।

केन्द्रिय अनुसन्धान ब्युरोकोको शिषेश सुचनाको आधारमा देवदह–४ भवानीपुरमा प्रहरीले सर्च अपरेशन चलाएको थियो । सोही क्रममा उनीहरूसँग मुठभेट भएको रुपन्देहीका एसपी ज्ञवालीले जानकारी दिए ।

दुबैलार्इ अञ्चल अस्पतालले दुवैलाई मृतका घोषणा गरिसकेको छ ।एसपी ज्ञवालीले मृतकको सनाखत हुन बाँकी रहेको बताएका छन् । प्रहरीले मनोज पुनको साथबाट एउटा पेस्तोल बरादम गरेको छ ।

पछिल्लो समय रुपन्देहीकै बसन्त पौडेलको हत्यामा पनी मनोज पुनकै हात रहेको खुलेपछि मनोज केन्द्रीय अनुसन्धान ब्यूरोको सर्वाधिक खोजी सूचीमा थिए ।

कुख्यात गुण्डा नाइके मनोज पुनले युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मा लिएका थिए । साथै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि उनकै संलग्नता रहेको बताइन्छ ।

Loading...