पञ्चेबाजा प्रमोशनका लागि चलचित्रकर्मी चितवनमा

चितवन । फागुन ११ गते शुक्रबारबाट देशभर प्रर्दशनमा आउने चलचित्र पञ्चेबाजाको टोली चितवनमा आई पुगेको छ । शुक्रबारबाट प्रदर्शन हुने यस चलचित्र जीवनको आरोहअबरोहलाई मुख्य विषय वस्तु बनाई चलचित्र बनाएको निर्देशक घनश्याम लामिछानेले भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । उनले दुखपिडा मिसाएर एउटा प्याकेज बनाएको बताए ।

पञ्चेबाजामा मायाँ र द्धन्द्ध मिसिएको छ, उनले भने जुनसुकै दर्शकका लागि पनि पञ्चेबाजाले मन छुन्छ । कुनै कम्प्रोमाईज नगरी ठुलो लगानीमा चलचित्र बनाएको निर्माता राजेश शाहीले बताए । १ करोड ५५ लाखमा फिल्म निर्माण गरिएको चलचित्र एक महिना पाँच दिनमा खिचिएको उनले खुलाए । पहिले अरु नै कलाकार राख्ने भनिएपनि कथाअनुसार पछि परिवर्तन गर्नुपरेको उनको भनाई थियो । नायिका जस्मिन श्रेष्ठले अरु फिल्म भन्दा फरक भूमिका खेलेको बताउँदै चलचित्र उत्कृष्ट बनेको बताईन् ।

यो चलचित्रले आफ्नो क्यारियर समेतमाथि उठाउने दावी श्रेष्ठको छ । चलचित्र वितरण केदार पराजुलीले उपत्यका बाहिर ८० भन्दा बढी हलमा प्रदर्शन हुने भन्दै पञ्चेबाजा अरु भन्दा फरक र उत्कृष्ट बनेको प्रतिक्रिया दिए । राजेश शाहीले निर्माण गरेको चलचित्रको घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । ‘न्यू भेनु फिल्म्सको व्यानरमा प्रदीप भारद्वाजको पटकथा, कालीप्रसाद बाँस्कोटा र विकास चौधरीको संगीत छ ।

राजकुमार उप्रेतीको द्वन्द्व, कविराज गहतराजको नृत्य निर्देशन छ । मुख्य भूमिकामा सौगात मल्ल र जस्मिन श्रेष्ठसँगै कर्मा, बुद्धि तामाङ, सृजना सुब्बालगायतको अभिनय छ । फिल्म हरि घलेले खिचेको हुन् भने दीर्घ खड्काको सम्पादन छ ।

Loading...