पर्यटन बोर्डका पूर्व कायममुकायम सिर्इअो भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले नेपाल पर्यटन बोर्डको घोटाला प्रकरणमा तत्कालीन कायमुकायम कार्यकारी प्रमुख (सीईओ) सुवास निरौलासहित तीन जनालाई दोषी ठहर गरेको छ ।

विषेश अदालतले पर्यटन बोर्डका पूर्व कायममुकायम सीईओ निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार रुपैयाँ बिगो, ५४ लाख ५९ हजार रुपैयाँ जरिवाना पनि तोकेको छ । तत्कालीन लेखा प्रमुख अनिलकुमार दासलाई ६ वर्ष कैद सजाय सुनाएको छ भने वर्ल्ड वाइड ट्राभल एजेन्सीका सञ्चालक महेन्द्र खनाल पनि दोषी ठहर गरेका छन् ।

दासलार्इ ५० लाख २९ हजार रुपैयाँ बिगाे र २४ लाख ३७ हजार रुपैयाँ जरिवाना तोकिएको छ । विशेष अदालतले खनाललार्इ भने १ लाख ५४ रुपैयाँ बिगाे ठहर गरेको छ ।

यो प्रकरणमा मुछिएका अवकास प्राप्त पयर्टन सचिव सुशील घिमिरे र तत्कालीन वन सचिव शरदचन्द्र पाैडेलसहित २० जनाले सफाइ पाएका छन् । एक महिनाभन्दा लामो समयदेखिको बहसपछि विशेषले यो फैसला सुनाएको हो ।

भ्रष्टाचारको अभियोगमा मुद्दा खेपेका नेपाल पर्यटन बोर्डका तत्कालीन कायममुकायम सीईओ निरौला तीन करोड धरौटी बुझाएर छुटेका थिए ।

Loading...