मुलुकको विकास र समृद्धिमा लाग्ने स्थिर सरकार बन्छः नेता महरा

बर्दिया । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले अब देशको विकास र मुलुकको समृद्धिमा लाग्ने स्थिर सरकार निर्माण हुने बताउनुभएको छ ।

बारबर्दिया नगरपालिकामा आयोजित ‘प्रथम बारबर्दिया तथा जयनगर महोत्सव–२०७४’ को आज उद्घाटन गर्दै उहाँले यस क्षेत्रका सांस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास एवं प्रचारप्रसारका लागि केन्द्र सरकारसँग अनुरोध गर्ने बताउनुभयो ।

महोत्सवबाट कृषि औद्योगिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धन गर्दै आर्थिक वृद्धि तथा स्वदेशी उत्पादनको निर्यात गरी आयातलाई प्रतिस्थान गर्ने लक्ष्य राखिएको महोत्सव आयोजक मूल समितिका संयोजक रामसोहन चौधरीले जानकारी दिनुभयो ।

Loading...