प्रदेश ६ अब कर्णाली प्रदेश

सुर्खेत । प्रदेश-६ को नाम कर्णाली नामाकरण गरिएको छ । अस्थायी राजधानी सुर्खेतमा बसेको प्रदेशसभाको बैठकले प्रदेशको नाम कर्णाली राख्ने प्रस्तावलार्इ दुर्इतिहार्इ बहुमतले पारित गरेको हो ।

शनिबार बसेको प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेशको नाम कर्णाली र स्थायी राजधानी सुर्खेत राख्ने प्रस्ताव गरेका थिए । राजधानीको विषयमा छलफल चलिरहेको छ ।

प्रदेशसभाको बैठकले प्रदेशको नाम कर्णाली राख्ने प्रस्तावका पक्षमा ३७ जना सांसदले मत हाले । विपक्षमा कुनै पनि सांसदको मत परेन् । कुल ३९ सांसद रहेको प्रदेश ६ को बैठकमा एक जना अनुपस्थित थिए भने सभामुखले मत हालेनन् ।

सांसद कँडेलको प्रस्स्तावमा कांग्रेस सांसद दिनबन्धु श्रेष्ठ, माओवादी केन्द्रका सांसद वीरबहादुर शाही र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सोशीला शाही लगायतले समर्थन जनाएका थिए ।

Loading...