देवघाटको वेदवेदाङ स्कूललाई महालक्ष्मी बैंकको सहयोग

चितवन । देवघाटधामको वेदवेदाङ स्कूललाई महालक्ष्मी बिकास बैंक नारायणगढ शाखाले शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको छ । आज (शनिवार) एक कार्यक्रमका बिच बैंकका शाखा प्रबन्धक श्यामवावु तिमिल्सीनाले गलेश्वर आश्रमका पिठाधिस आत्मनन्द गिरिजी महाराजलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा वोल्दै गलेश्वर आश्रमका पिठाधिस आत्मनन्द गिरिजी महाराजले हरेक व्यवसायीक संस्थाहरुले सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गरे राष्ट्रले प्रगती गर्ने वताउनुभयो । उहाँले महालक्ष्मी विकास बैंकले प्रस्तुत गरेको उदाहरण अरुले पनि अनुकरण गर्नुपर्ने वताउनुभयो । सबैको हातेमालोका कारण नमुना गलेश्वर आश्रम र विद्यालयको रुपमा स्थापित भएको वताउनुभयो ।

सामाजिक उत्तरदायित्व अन्तरगत रहेर आश्रमले संचालन गरेको विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको बैंकका शाखा प्रमुख श्यामवावु तिमिल्सीनाले वताउनुभयो । उहाँले बैंकले सामाजिक कामलाई निरन्तरता दिने भन्दै बैंक र गलेश्वर आश्रमको सम्वन्ध निरन्तर रहिरहने वताउनुभयो ।

कार्यक्रममा देवघाट गाँउपालिका वडा नम्वर ५ का वडाध्यक्ष याल वहादुर गुरुङ,गलेश्वर आश्रम संचालक समितिका सचिव तथा महालक्ष्मी विकास वैंकका पूर्व संचालक समिति सदस्य प्रेम कुमार उलक,लायन्सचोक शाखा प्रवन्धक अजय कुमार सापकोटा लगाएतले वोल्नुभएको थियो ।

गलेश्वर आश्रममा २ सय वृद्धवृद्धा आश्रित रहेका छन् भने आश्रमद्धारा नै देवघाट धमार्थ अस्पताल र वेदवेदाङ विद्यालय संचालन गरिएको छ । कार्यक्रम बंैकका कर्मचारी रेशमलाल सापकोटाले संचालन गर्नुभएको थियो ।

Loading...