ट्राफिक सचेतना फैलाउँदै ‘सिस्टर’हरु

चितवन । सिस्टर सोसाइटी नारायणीले आज भरतपुरको चौविसकोठीमा ट्राफिक सचेतना कार्यक्रम गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले विभिन्न संघसंस्थासंगको सहकार्यमा गर्दै ट्राफिक सचेतना एवम् व्यवस्थापन कार्यक्रम अन्र्तगत आज सिस्टर सोसाइटी नारायणीले सचेतना कार्यक्रम गरेको हो ।सवारी चलाउने र पैदल यात्रा गर्ने सबैले पालना गर्नुपर्ने ट्राफिक नियमबारे वेवास्ता गर्दा हुने दुर्घटना र त्यसका असरबारे जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरीएको सिस्टर सोसाइटी नारायणीका संयोजक प्रमिता ढकालले बताइन् ।

भरतपुर १० चौविसकोठीमा दिउंसो ३ बजेदेखि ४ बजेसम्म एक घण्टा विभिन्न सचेतनामुलक होर्डींग बोर्ड सहित उभिएका सिस्टर सोसाइटी नारायणीका सदस्यहरुले सवारी चालकहरुलाई ट्राफिक नियमबारे जानकारी समेत गराए । सवारी साधनको गति तीव्र, क्षमता भन्दा बढी यात्रुभार , अनियन्त्रित , ओभरटेक र सवारी चालकको लापर्वाहीले गर्दा सवारी दुर्घटनाको जोखिम बढ्दै गएकाले यसबारे सचेतना फैलाउन सबैले आआफ्नो ठांउमा बाट भूमिका निर्वाह गर्नुपर्ने कार्यक्रममा सहभागि सिस्टर सोसाइटीकी सदस्य शान्ता अधिकारीले बताइन् ।

सडकमा हुने दुर्घटनाबाट बच्नका लागि सवारी चालकलाई सवारी नियमसम्बन्धी जानकारी, सवारी साधन प्रयोगकर्ताले पु¥याउनुपर्ने सावाधनी, पैदलयात्रुहरुले पु¥याउनुपर्ने सावधानी तथा बालबालिकालाई सडक दुर्घटनाबाट जोगाउन सबैभन्दा पहिलो ट्राफिक नियमको पालना आवश्यक रहेको उनले जोड दिइन् ।

ट्राफिक नियम सम्बन्धी जानकार नहुदा तथा जानकारी भए पनि जानी जानी उल्लंघन गर्ने कार्यले दुंघटनाको दर बढदै गर्दा सचेतनाका कार्यक्रम निरन्तर भए केही परिवर्तन आउने अपेक्षा रहेको जिल्ला ट्रफिक प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक सन्तोष पन्तले बताए । एक घण्टाको अवधीमा सो रुट भएर चल्ने बस, ट्रक, म्याजिक भ्यान, अटो तथा इरिक्सा ,मोटरसाइकल चालक तथा पैदलयात्रुलाई ट्राफिक ज्ञान सम्बन्धी ब्रोसर तथा पाम्प्लेट वितरण गरीएको थियो ।

Loading...