यस्तो भविष्यवाणीः २०१९ मा परमाणु युद्भ, किम जोङ उनको मृत्यु, २०२० मा तेस्रो विश्वयुद्भ (भिडियोसहित)

काठमाडौँ । एक अज्ञात व्यक्तिले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै २०१९ मा विश्वयुद्ध ३ हुने भविष्यवाणी सार्वजनिक गरेका छन्।

माइकल फिलिप्स नाम गरेका ती व्यक्तिले अाफूलार्इ २०४३ मा जन्मिएको र टाइम ट्रावल गरी वर्तमानमा अाएको बताउँदै अमेरिका र उत्तर कोरियाबीच २०१९ मा परमाणु युद्भ हुने दाबी गरेका छन्।

डोनाल्ढ ट्रम्पलार्इ राष्ट्रपतिमा निर्वाचित हुने भविष्यवाणी गरेका उनले यस्तो दाबी गरेका हुन् ।
परमाणु युद्भमा उत्तर कोरियाका नेता किम जोङ उनको मृत्यु हुने दाबी गरेका छन् । त्यसपछि 2020 मा विश्वयुद्भ ३ सुरू हुने दाबी भिडियोमा गरिएको छ।

विश्वयुद्भमा चीन रूस र वेलायत एकता तिर हुने र अमेरिका र बाकी शक्ति राष्ट्र एकातिर हुने बताइएको छ।

वेलायती समाचार संस्था मिररले समेत यसलार्इ प्राथमिकताका साथ प्रकाशित गरेको छ। दी ह्याकर कलेक्टिभ एनोनिमसले युटुवमा भिडियो हाल्दै विश्वलार्इ युद्धका लागि तयार हुन भनिएको छ।

Loading...