गैँडाकोटमा पहिलो अन्तर्राष्ट्रिय लोक सांस्कृतिक उत्सव हुने

नवलपुर । नवलपुरको गैंडाकोटमा पहिलो पटक फागुन २१ गते अन्तर्राष्ट्रिय लोक सांस्कृतिक उत्सव हुने भएको छ । एभरेष्ट नेपाल कल्चर ग्रुप र कल्चर मिडिया सहयात्रा नेपालको आयोजनामा हुने अन्तर्राष्ट्रिय सांस्कृतिक उत्सवमा विभिन्न देशका लोक सांस्कृतिक झलकहरु प्रस्तुत गरिने छ ।

सोमबार गैडाकोटमा पत्रकार सम्मेलन गरी एभरेष्ट नेपाल कल्चर ग्रुप र कल्चर मिडियाले कार्यक्रमका बारेमा जानकारी दिएको हो । मेलामा नेपालसहित ११ देशका २ सयभन्दा बढी कलाकार तथा नेपालका लोक राष्ट्रिय कलाकारहरुको सहभागिता रहने मेला संयोजक दुर्गा रायमाझीले जानकारी दिनुभएको छ ।

नेपालमा यसप्रकारको उत्सवको नवौं संस्कृरण गैंडाकोटमा कार्यक्रम गर्न लागिएको हो । नारायणी नदी किनारमा हुने उत्सवमा प्रवेशको व्यवस्था निःशुल्क गरिएको संयोजक रायमाझीले जानकारी दिनुभयो । गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले गैंडाकोटमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक उत्सव हुन आफैंमा सुखद र गौरवको विषय भएको बताउनुभयो । उत्सवलाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्दता जनाउनुभएको छ ।

उत्सव अघि गैंडाकोटका विभिन्न स्थानबाट विभिन्न देशका झाँकीसहितर्को याली गरिने छ । कार्यक्रमा २० हजारभन्दा बढीको सहभागिता अनुमान गरिएको संयोजक रायमाझीले जानकारी दिनुभयो । उत्सवको उद्घाटन काठमाडौंको राष्ट्रिय नाचघरमा फागुन १८ हुनेछ । धादिङ, चितवन, कास्की लगायतका स्थानमा गरी सप्ताहव्यापी कार्यक्रम हुने र गैंडाकोटमा फागुन २१ गते अन्तर्राष्ट्रिय लोक सांस्कृतिक उत्सव हुने छ ।

एभरेष्ट नेपाल कल्चर ग्रुपले सन् २००२ देखि नेपालमा हरेक २र२ वर्ष अन्तर्राष्ट्रिय लोक सांस्कृतिक उत्सव गर्दै आएको छ ।

कार्यक्रममा सहभागी हुन बंगलादेश, कोष्टारीका, स्टोनिया, ग्रीस, भारत, इन्डोनेशिया, इजरायल, इटाली, मलेसिया, टर्की लगायतका देशका लोक राष्ट्रिय कलाकारहरुको सहभागिता हुनेछ । अहिलेसम्म ६५ भन्दा बढी देशका तीन हजार पाँच सय भन्दा बढी विदेशी लोक कलाकारहरुले आ–आफ्नो देशका मौलिक सांस्कृतिक प्रस्तुति देशका विभिन्न भागमा प्रर्दशन गरिसकेका छन् ।

नेपालले पनि ६५ भन्दा बढी देशमा गएर नेपालका मौलिक लोक संस्कृतिहरुको प्रस्तुति गरिसकेको कार्यक्रम संयोजक दुर्गा रायमाझीले जानकारी दिनुभयो । यस्ता अन्तर्राष्ट्रिय मेलाले सांस्कृतिक कार्यक्रमको आदानप्रदान र देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने काम भएको संयोजक रायमाझीको बिश्वास रहेको छ । साथै उहाले सांस्कृतिक , पर्यटकिय क्षेत्रमा यस्ता कार्यक्रमले ठुलो भुमिका खेल्ने भएता पनि सरकारका तर्फबाट समेत यस्ता कार्यक्रमहरुको प्रोत्साहनमा सहयोग हुनुपर्नेमा अहिलेसम्म नभएको गुनासो रायमाझीको रहेको छ ।

Loading...