आर्मीलाई अराउँदै फ्रेण्डस् क्लब सेमिफाइनलमा

चितवन । नारायणगढको क्याम्पाचौरमा जारी १३ औ विकाश रनिङ शिल्ड फुटबल प्रतियोगितामा सोमबार भएको खेलमा फ्रेण्डस क्लव बिजयी भएको छ निकै रोमान्चक भएको खेलमा विभागिय टोली त्रिभुवन आर्मी र फ्रेण्डस क्लवबीच निधारित समय सम्म १–१ गोल भएपछी खेल ट्राइबेकरमा धकलिएको थियो ट्राइबेकरमा फ्रेण्डसले आर्मीलाइ ३–१ गोल अन्तरले पराजित गरेको हो।

यसैबीच मंगलबार पनि १ खेल हुदै छ मंगलबार हुने खेलमा नारायणगढ फुटबल क्लबले थ्रीस्टार क्लबको सामना गर्ने छ खेल दिउसो ३ बजेपछि शुरु हुनेछ यसअघि आईतबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लवलाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लव प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।

चितवनकै सर्वा्िधक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको फाईनल खेल १९ गते हुनेछ ।

Loading...