प्रदेश २ मा बाम गठबन्धनसहतिको सरकार

काठमाडौँ । संघीय समाजवादी फाेरम नेपाल केन्द्रीय सरकारमा सहभागी हुने भएपछि प्रदेश २ मा वाम गठबन्धनसहितकाे सरकार बन्ने देखिएकाे हो ।

यसअघि प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतलार्इ बाम गठबन्धनले समर्थन गरेको थियो । केन्द्रीय सरकारमा संघीय फाेरम सहभागी हुने विषयमा एमाले-फाेरमबीच सैद्धान्तिक सहमति छ । त्यो सहमतिअनुसार सम्झौता हुन बाँकी रहेकाे अवस्थामा प्रदेश २ को सरकारमा वाम गठबन्धन सहभागी हुने स्थिति देखिएकाे हाे।

अाेली प्रधानमन्त्रीमा नियुक्त भएकै दिन फागुन ३ गते त्यहाँ फाेरम नेतृत्वकाे सरकार गठन भएकाे थियो।

फाेरमका विजय यादब प्रदेश अर्थमन्त्री छन् भने भाैतिक याेजनासहित राजपाकाे भागमा परेका मन्त्रालय जितेन्द्र साेनालले सम्हालिरहेका छन् । एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश नं २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश नं २ मा वाम गठबन्धनसहितको सरकार गठन हुन सक्ने बताउँछन्।

Loading...