सुर्खेतमा ट्र्याक्टर दुर्घटना तीनको मृत्यु

काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका-२ देउती डाँडामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

भे१त ६१८६ नम्बरको ट्रयाक्टर गैरिबजारबाट बोटेचौर बजारतर्फ आउँदै गर्दा मालारानी प्रहरी चौकी नजिकै रहेको देउती डाँडामा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका इन्चार्ज कवी सेन्चुरीले जानकारी दिए ।

दुर्घटनामा गुर्भाकोट-८ का २२ वर्षे फत्तबहादुर विक, सोही ठाउँका २५ वर्षे शसिराम विक र २८ वर्षे नारायण खत्रीको घटनास्थलमै मृत्यु भएको हो । उनीहरु तीनै जनाको दुर्घटना स्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा सोही ठाउँका २८ वर्षे टेकबहादर धौलाकोटी र ३२ वर्षे अमर विक घाइते भएका छन् ।

Loading...