चलचित्र प्रचार प्रसारका लागि मंगलमको टोली देश दौडाहामा

चितवन । पछिल्लो समयकी चर्चित नायिका शिल्पा पोखरेलले निर्माण गरेको पहिलो चलचित्र ‘मंगलम रिलिजको तयारीमा छ । चलचित्रको प्रचारका लागि देश दौडाहमा रहेको चलचित्र मंगलम टोलीले मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्रको बारेमा जानकारी दिएको हो ।

चलचित्र ‘मंगलम फागुन २५ गतेबाट देशभरी प्रर्दशनमा आउने भएको छ । हेटौडाको प्रचार–प्रसार सकेर ‘मंगलम को टिम आज भरतपुर आइपुगेको हो । चलचित्र मंगलमका कार्यकारी निर्माता छविराज ओझाले आफुले निर्माण गरेको २३ औँ चलचित्र ‘मंगलम अन्य चलचित्र भन्दा फरक रहेको बताएका छन् ।

निर्माता ओझाले चलचित्र बनाउनु आफ्नो पेशा भएकोले राम्रो चलचित्र बनाउनु कर्तव्य रहेको बताउदै चलचित्र मंगलम उत्कृष्ट बनेको दावि समेत गरे । छविराज प्रोडक्शनमा निर्माण भएको यस चलचित्रमा द्धन्द्धका दृश्य नभए पनि चलचित्र भित्र अन्तरसम्बन्ध द्धन्द्ध भने रहेको ओझाले बताए । चलचित्र ‘मंगलम युवायुवतीको प्रेम भन्दा पनि आमा छोरा र बुबा छोराको प्रेमकथामा आधारित रहेको निर्देशक नवल नेपालले बताए ।

चलचित्र ‘मंगलम दर्शकले किन हेर्ने भन्ने प्रश्नमा निर्देशक नेपालले पुस्तकालमा राखिएको मुनामदन किन पढ्ने भनेकोजस्तै रहेको बताए । पैसाका लागि भन्दा पनि आत्मा सम्मानका चलचित्र निर्माण गरेको बताउदै निर्देशक नेपालले सामाजिक तथा पारिवारिक कथा बस्तु समेटिएकोले दर्शकले मन पराउनेमा ढुक्क रहेको बताए । प्रचारको क्रममानै रहेकी नायिका एवम् निर्मात्री शिल्पा पोखरेलल चलचित्रमा माया प्रेमका कुरामा बढि जोड दिएको र आमाबुवा, दिदिवहिनीसंगै बसेर मजाले हेर्न सक्ने खालको चलचित्र बनेको बताउनुभयो ।

समाजमा घटिरहेको विकृति र दुःख, सुखको सन्तुलन रहेको चलचित्र ‘मंगलम प्रर्दशन पछिको दर्शकको प्रतिक्रियाले आफ्नो अभिनय क्षेत्रमा पनि सकारात्मक प्रभावसंगै चुनौति बढ्ने नायक पुष्प खड्काले बताए । एक करोड भन्दा बढिको लागतमा निर्माण भएको चलचित्र मंगलम काठमाण्डौ र काठमाण्डौ आसपासको क्षेत्रमा ३३ दिन लगाएर छायाँङकन गरिएको हो ।

चलचित्र ‘मंगलम मा पुष्प खड्का, शिल्पा पोखरेल, मिथिला शर्मा, निर शाह, पृथ्वीराज प्रसाई, साम्रागी राज्यलक्ष्मी शाह लगायतको अभिनय रहेको छ । यस चलचित्रको गीत ‘पर्ख पर्ख मायालु युुटुभमा अत्याधिक रुचाइएको छ ।

Loading...