थ्रिस्टार सेमिफाइनलमा

चितवन । नारायणगढको कयाम्पाचौरमा जारी १३ औं टुवोर्ग विकाश रनिङ शिल्ड आमन्त्रण फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा थ्रीस्टार क्लव बिजयी भएको छ । यो संगै सेमिफाइनल समीकरण पुरा भएको छ निकै रोमान्चक भएको खेलमा थ्रीस्टारले नारायणगढ फुटबल क्लवलाइ ३(१ गोल अन्तरले पराजित गरेको हो ।

यसैबीच बुधबार बाट सेमिफाइनलको खेल सुरु हुदै छ बुधबार हुने पहिलो सेमिफाइनल खेलमा फ्रेन्ड्स क्लबले शशस्त्र प्रहरी बलको एपीएफको सामना गर्ने छ खेल दिउसो ३ बजेपछि शुरु हुनेछ । प्रतियोगिता अन्र्तगत सोमबार भएको खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लवलाई पराजित गर्दै फ्रेण्डस क्लव काठमाडौं प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको थियो। प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ ।

चितवनकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको फाईनल खेल १९ गते हुनेछ ।

Loading...