विप्लवको घरमा पक्राउपूर्जी टाँसियो पक्राउ पर्लान त विप्लव ?

कपिलबस्तु । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ गर्न कपिलबस्तु प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ ।

कपिलबस्तु प्रहरीले विप्लवको घरमा पुर्जी टाँस जिल्ला प्रहरी कार्यलय कपिलबस्तुका प्रहरी निरीक्षक केशवराज ज्ञवालीले जानकारी दिए ।

उनलार्इ भोजपुर जिल्ला अदालतले विस्फोट पदार्थ र ज्यान मार्ने उद्योग मुद्दामा उपस्थित गराउन पत्रचार गरेपछि कपिलबस्तु प्रहरीले पुर्जी टाँस गरेको हो ।

विप्लव लामो समयदेखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

यता नेकपाका पोलिटव्यूरो सदस्य भरत बमले समेत विप्लवको घरमा पक्राउ पुर्जी टाँस गरिएको पुष्टी गरेका छन् ।

आफ्नो फुसवुक वालमा महासचिव विप्लवलाई वारेन्ट जारी गरेपछि के हुन्छ ? भन्दै त्यसपछिका अवस्थाका बारेमा टिप्पर्णी गरेका छन् ।

Loading...