गैँडाकोटमा भोली होली हंगामा हुने

नवलपुर । नवलपुर युवा क्लब गैडाकोटका युवाहरुले बिहिबार गैडाकोट होली हंगामा बिथ रेन पार्टी कार्यक्रम गर्ने भएका छन । गैडाकोटमा रहेको द फेमीली क्याफेमा बिहिबार बिहान ११ः३० बजेदेखी ५ः३० बजेसम्म कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

होली पर्बलाई सभ्य र सुसंस्कृत नशा रहित रुपमा मनाउन पर्छ भन्ने सन्देश दिन युवाहरुको समुहले कार्यक्रम गरेको नवलपुर युवा क्लब गैडाकोटका अध्यक्ष नबिन शिरिष मगरले उल्लेख गर्नुभयो । युवाहरुलाई बिभिन्न सामाजिक कार्यमा एकजुट भएर परिचालीत नवलपुर युवा क्लब गर्न गरेको अध्यक्ष मगरले बताउनुभयो ।

नवलपुर युवा क्लबले बिभिन्न सामाजिक कार्य गर्दे आएको छ , साथै होली बिशेष कार्यक्रम गरि संकलन भएको फन्ट सामाजिक कार्यमा खर्च गरिने क्लबले जनाएको छ । होली हंगामा बिथ रेन पार्टी डुकुज व्याण्ड, ओसीन मगर, द होस्टेज ,किसे एण्ड कोम क्रिउ लगाएतको प्रस्तुती पनि रहने बताईएको छ ।

Loading...