बेहुलीझै श्रृङगार गरी चाँदनीको अन्तिम विदार्इ

नयाँ दिल्लीः विश्वभरका आफ्ना करोडौँ फ्यानलाई रुवाउँदै बलिउडकी प्रख्यात अभिनेत्री श्रीदेवी जिन्दगीको अन्तिम यात्रामा निस्केकी छन् । करोडौँ फ्यानको मन मष्तिष्कमा बस्न सफल उनलाई बेहुली जस्तै सजाएर शव यात्रा मुम्बईबाट निकालिएको हो ।

बलिउडकी ‘चाँदनी’ श्रीदेवीलाई सेतो फूलले सजाइएको ट्रकमा राखेर अन्तिम यात्रामा निकालिएको हो । यसभन्दा पहिले श्रीदेवीलाई बेहुली जस्तै रातो कपडाले सजाइएको थियो । श्रीदेवीको अन्तिम दर्शनका लागि लाखौँ मानिस सहित बलिउडका चर्चित हस्तीहरु मुम्बईको सेलिब्रेशन स्पोर्ट्स क्लब पुगेका छन् । सलमान खान, शाहरुख, ऐश्वर्या राय र विद्या बालन सहित कयौँ स्टारहरु श्रीदेवीलाई देखेर रोएका छन् ।

अहिले श्रीदेवीको अन्तिम यात्रा शुरू भइसकेको छ । सेतो फूले सजाइएको ट्रकमा पार्थिव शरिर राखिएको छ । ट्रकमा पति बोनी कपुर, छोरा अर्जुन कपुर र छोरी बेटी जाह्नवी रहेका छ्न । श्रीदेवीलाई राजकीय सम्मानका साथ अन्तिम विदाइ गरिँदैछ । शवयात्रा अघि नै मुम्बई पुलिसको ब्यान्ड पनि स्पोर्ट्स क्लबमा पुगेको थियो । श्रीदेवीलाई श्रद्धाञ्जली दिन काजोल र अजय देवगन पुगेका थिए ।

त्यसैगरी अभिनेत्री एश्वर्य राय बच्चन र जया बच्चन पनि श्रीदेवीको अन्तिम दर्शनका लागि पुगेका छन् । त्यसैगरीफराह खान, अक्षय खन्ना र रवि किशन पनि सेलिब्रेशन स्पोर्ट्स क्लब पुगेका थिए । ‘चाँदनी’ को अन्तिम यात्रा अघि अन्तिम श्रद्धाञ्जलीका लागि हेमा मालिनी आफ्नी छोरी ईशा देओलसहित पुगेकी थिइन् ।

Loading...