विकास शिल्डको उपाधीका लागि एपीएफ र थ्रि स्थार भिड्ने

चितवन । क्याम्पाचौरमा जारि विकास रनिङ शिल्ड प्रतियोगिताको उपाधिका लागि शनिबार सशस्त्र प्रहरीको एपीएफ क्लबले थ्रीस्टार क्लबको सामना गर्ने भएको छ।बिहिबार भएको दोस्रो सेमिफाइनलमा मनाङ मस्र्याङदी क्लबलाई हराएर थ्रीस्टारले उपाधिका लागि एपीएफसँगको भेट पक्का गरेको हो ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । १४ महिनापछि गएको पुसमा खेलमा फर्किएको थ्रीस्टारले ३ महिनाको अवधिमा २ वटा उपाधि जितिसकेको छ ।

Loading...