अष्ट्रेलियन भिषा एण्ड एजुकेशन कन्सल्टेन्ट नेपाल संचालनमा

काठमाडौं । शैक्षिक परामर्श सेवाको क्षेत्रमा बिगत ६ बर्ष देखि कार्यरत अष्ट्रेलियन भिषा एण्ड एजुकेशन कन्सल्टेन्ट(एभेक)ले नेपालमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।

अष्ट्रेलियन भिषा एण्ड एजुकेशन कन्सल्टेन्ट(एभेक)ले काठमाडौंको शान्तिनगरबाट नेपालको शाखाको रुपमा सेवा शुरु गरेको छ ।
चर्चित गायक सत्यराज आचार्य, स्वरुपराज आचार्य र बिश्व साईकल यात्री पुष्कर शाहले संयुक्त रुपमा उद्घाटन गरे ।

एभेकले अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई सही शैक्षिक परामर्श सेवा प्रदान गर्ने उदेश्य लिएर संचालनमा ल्याएको एभेक नेपालका कार्यकारी निर्देशक कुलराज थापाले बताए ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एभेकले छ वर्षको अवधिमा नै शैक्षिक परामर्शको क्षेत्रमा आफ्नो अलग पहिचान दिलाउन सफल भएको छ । यसले भारतमा समेत आफ्नो शाखा बिस्तार गरिसकेको छ ।

यस कम्पनिले अष्ट्रेलियामा दुई हजार भन्दा बढी विद्यार्थी र स्थायी वसोवासका निम्ति भिसा प्रक्रियामा सफल परामर्श दिइसकेको प्रमुख कार्यकारी अधिकृत दिपक क्षेत्रीले बताए ।

Loading...