विकास शिल्डको उपाधि एपीएफ क्लबलाई

चितवन । नारायणगढमा सञ्चालन भएको १३ औँ विकास रनिङ शिल्ड आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा काठमाडौँको थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफल क्लबले उपाधि चुमेको हो ।

एपीएफ क्लबले उपाधिसँगै पाँच लाख रुपैयाँका साथै शिल्ड हात पारेको छ । उपविजेता बनेको थ्री स्टार क्लबले दुई लाख ५० हजार रुपैयामा चित्त बुझाएको छ । खेल सुरु भएको चौथो मिनेटमा एपीएफलका बिकु लामाले गरेको एकमात्रै गोल निर्णायक बन्दै सशस्त्रले उपाधि उचालेको हो ।

शनिबारको खेलमा एपीएफ क्लबका बिकु लामा म्यान अफ दी म्याच हुदै १० हजार रुपैया पुरस्कार पाएका छन् । त्यस्तै, एपीएफकै खेलाडी रमेश दंगाल म्यान अफ दी सिरिज हुदै ५० हजार रुपैयाँ हात पारे । प्रतियोगिताको फेयर प्ले टिमको उपाधि चितवनकै नारायणगढ फुटबल क्लब घोषित हुदै २५ हजार रुपैया पाएको छ । फागुन ८ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न १२ वटा फुटबल समूहको सहभागिता रहेको थियो ।

Loading...