इन्द्र रेग्मीका तीन पुस्तक एकै पटक बजारमा

चितवन । २०६८ सालमा एकैपटक तिनवटा पुस्तक बिमोचन गर्नुभएका लेखक ईन्द्र प्रसाद रेग्मीले शनिबार पनि भरतपुरमा एकैपटक तिनवटा कृतिहरु लोकार्पण गर्नुभएको छ । शनिबार सिर्जना भएको सो साहित्यीक माहौलमा एकैपटक अनुहारको म्याराथन, समयको शल्यक्रिया, बिर्सन सकिएन त तिनवटा (लेख सङग्रह र संस्मरण) कृतिहरु लोकार्पण गरिएको छ ।

जनसांस्कृतिक महासंघ चितवन, साहित्य संगम चितवन र प्रगतीशिल लेखक संघ चितवनको संयुक्त आयोजनामा ईन्द्र प्रसाद रेग्मीका कृतिहरु लोकार्पण गरिएको हो । लेखक रेग्मीका कृतिको समालोचना गर्दे समालोचक डि आर पोखरेलले देश, जनताप्रति र आफ्नै पार्टीका आस्थाप्रति पार्टीहरु बिचलित बनेको समयमा देश र जनताप्रति संबेदनशिल व्यक्तिको दस्ताबेजको रुपमा समयको शल्यक्रिया कृति रहेको बताउनुभयो ।

उहाले कृतिमा व्यग्यप्रहार र हरेक बिषयबस्तुमा सहमति , असहमति दुबै प्रस्तुत गरेर सुन्दर रुपमा प्रस्तुत गर्न सफल भएको उल्लेख गर्नुभयो । समालोचक पोखरेलले यथार्थपरक समासामयीक, जनसरोकारर सरल अभिव्यक्ति दिने लेखक रेग्मीकोे खुबी रहेको बताउनुभयो । साथै कृतिमा व्यक्तिपरक लेखन शैलीको समाबेश नगरेको भए अझै कृति राम्रो हुनेमा समालोचक पोखरेलले जोड दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै साहित्यकार सरिता तिवारीले ईन्द्र रेग्मी नाम संगै एक अतित्व वान र प्रतिबद्ध लेखक रहेको बताउनुभयो । उहाले कृति प्रभाबशाली र पठनिय बनेको समेत उल्लेख गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दे बिपिन पाठकले समाजमा बर्गभेद हटाएर सबैको हकहित र संरक्षण गर्नुपर्छ भनेर लाग्ने तथा हुदा खाने बर्गका लागि लेख्ने लेखक ईन्द्र प्रसाद रेग्मी रहेको बताउनुभयो ।

सो लोकार्पण समारोहमा प्रमुख अतिथीको रुपमा लेखक रेग्मीकी नातिनी ईशा रेग्मी रहनुभएको थियो । परिवारमा साहित्यीक माहौल सिर्जना गर्न परिवारकै सदस्यबाट कृति बिमोचन गरिएको बताइृएको छ । सो कार्यक्रमममा अग्रज तथा अनुज साहित्यीक व्यक्तित्वहरुको उपस्थिीति रहेको थियो । अहिलेसम्म लेखक रेग्मीका लेख,हाईकु,कबिता सङग्रह र संस्मरण गरि ६ वटा कृतिहरु प्रकाशित रहेका छन ।

Loading...