सरकारसँग बजेट नहुँदा काम गर्न नसकेको मुख्यमन्त्रीको गुनासो

नवलपुर । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकारमा बजेट , भौतिक पुर्वाधार र कर्मचारी नहुँदा प्रदेश सरकारको कामले तिब्रता लिन नसकेको बताउनुभएको छ । जनताको आकाक्षा धेरै भएको र योजना समेत तयारी अवस्थामा भएपनि बजेट, कार्यविधी र कर्मचारी नभएकाले तत्काल केन्द्र सरकारले कर्मचारी प्रदेशमा पठाउनुपर्ने बताउनुभयो ।

बुधवार बाट नवलपरासीको कावासोतीमा सुरु भएको नवलपुर महोत्तसव उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । नवलपुरलाई औद्योगिक क्षेत्रकारुपमा विकास गर्न प्रदेश सरकार लागिपरेको भन्दै सुस्ता देखी कोरला नाका सम्म सडक सञ्जालले जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पाचं वर्ष भित्रमा तीन हजार मेगावट विजुली उत्पादन गर्ने र हरेक घरमा विजुली पुर्याउने प्रदेश सरकारको पहिलो निर्णय कार्यान्वयन गरेरै छाड्ने बताउनुभयो । बुधवार बाट सुरु भएको महोत्तसव चैत ४ गते सम्म सञ्चालन हुनेछ । कृषि , औद्योगिकरण र स्थानयि उत्पादन गरेर २ सय भन्दा बढी स्टल रहेको छ ।

Loading...